एकै दिन १४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

काठमाडाैं। नेपालमा काेराेना संक्रमितकाे संख्या ३० पुगेकाे छ। शुक्रबार एकै दिन १४ जना संक्रमित थपिएका छन् । उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये १२ भारतीयमा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ।

त्यसैगरी चितवन पनि दुई जनामा काेराेना संक्रमण देखिएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुर र चितवनका गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हाे।

विराटनगरमा रहेको प्रयोगशालामा पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको थियाे। उनीहरुको रिपोर्टको अन्तिम निस्कर्ष निकाल्न त्यही नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकाे थियाे। यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवन राप्ति नगरपालिकाका आमाछोरा भएका बताइएकाे छ।

 
 
  
 

You may also like