कोरोना भाइरसबाट विश्वभर कतिले जुमाए ज्यान ? (अपडेट)

by समतल अनलाइन
Shares

काठमाडौं ।कोरोना भाइरसका कारण विश्वभर एक लाख पाँच हजार भन्दा धेरै मानिसले ज्यान गुमाएका छन् ।विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरेको कोभिड १९बाट शनिवार राति १० बजेसम्म विश्वभर १७ लाख २७ हजार ५ सय ६ जना संक्रमित भएका छन् ।

त्यस्तै ३ लाख ९० हजार ६ सय ९८ जना कोरोना भाइरसको संक्रमणबाट निको भएका छन् ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार कोरोना भाइरसका कारण अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ ।

अमेरिकामा ५ लाख ६ हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिदा १९ हजार ६६६ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै संक्रमितको हिसाबमा स्पेनमा १ लाख ६१ हजार ८ सय दोस्रो नम्बरमा रहेका छन् । भने ज्यान गुमाउनेको संख्या १६ हजार ३ सय ५३ रहेको छ ।

त्यस्तै इटालीमा १ लाख ४७ हजार जना संक्रमित हुँदा १८ हजार ८ सय ४९ जना जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै फ्रान्समा १३ हजार १ सय ९७ जनाले ज्यान गुमाउदा जर्मनीमा २ हजार ७ सय ३६ जनाले ज्यान गुमाएका छन् ।

चीनमा २ हजार ३३९ जनाले ज्यान गुमाउँदा बेलायतमा ९ हजार ८ सय ७५ जनाले ज्यान गुमाउँदा इरानमा ४ हजार ३ सय ५७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै छिमेकी मुलुक भारतमा २४९ जनाले ज्यान गुमाएको वर्ल्ड मिटरले जनाएको छ ।

You may also like

This will close in 0 seconds