नेपालमा देखियो एकै पटक तिन जना कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ। कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एकजनामा स्थानीय संक्रमण पाइएको छ। अन्य दुईजना भने अन्य देशबाट आएका संक्रमित हुन्।

मन्त्रालयका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजु हुन्। यससँगै स्थानीयस्तरमै पनि कोरोना संक्रमण देखिएको हो। ३४ वर्षीया महिलामा यो संक्रमण पुष्टि भएको हो। पहिलो पटक नेपालमै बसेकामा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको हो। आठौँ संक्रमित कैलालीको लम्कीनिवासी पुरुषमा देखिएको छ।

२१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ। क्‍वारेन्टाइनमा राखिएका उनमा शुक्रबार साँझ कोरोना पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयकाे आधिकारिक फेसबुकमा तीन जनामा काेराेना पाेजेटिभ देखिएकाे जनाइएकाे छ । यद्यपि सरकारको तर्फबाट थप जानकारी भने अपरान्ह ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनबाट गरिने बताइएकाे छ ।

थप तीन जनामा काेराेना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितकाे संख्या ९ पुगेकाे छ । यसअघि पहिलाेपटक चीनकाे वुहानबाट फर्किएका एक युवामा काेराेना पाेजिटिभ देखिएकाे थियाे, उनी निकाे भइसकेका हुन् । अन्य पाँच जना भने हाल आइसाेलेसनमा राखेर उपचार भइरहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

 
 
  
 

You may also like