एअर अरेबियाबाट आएका नवलपरासीका सात जना अझै भेटिएनन्, अर्घाखाँचीमा चार जनाको खोजी

बुटवल । कोरोना भाइरस संक्रमित मुलुकबाट विमानमार्फत नेपाल आएकाहरुको खोजी जारी रहेको छ । अघिल्लो बिहीवार एअर अरेबियाको बिमानवाट नेपाल आउदा संक्रमित एक पुरुषसंगै आएका नवलपरासीका ८ जनामध्ये सात फेला अझै फेला परेका छैनन् । त्यसैगरी धनगढीमा फेला परेका सक्रमितसँग सगै आएका अर्घाखाँचीका चार जनाको खोजी पनि जारी रहेको छ ।

नवलपरासी घर रहेका ८ जनामध्ये एक जनाको घर पत्ता लागेको छ । उनीहरुको पासपोर्टमा लेखिएको ठेगानामा उनीहरु पत्ता नलागेको प्रशासन कार्यालयले जनाएको छ । नवलपरासी घर उल्लेख भएका आठै जना पुरुष हुन । त्यही जहाजमा आएका एक पुरुषको स्वास्थ्य परीक्षणको नतिजामा गत बुधवार कोरोना संक्रमण भएको पुष्टि भएपछि गृह मन्त्रालयले पठाएको विवरणका आधारमा उनीहरुको खोजी शुरु भएको हो ।
शनिवारसम्म एक जना फेला परेको र उनी आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी प्रमुख एसपी दिपक रेग्मीले जानकारी दिए ।
गृहले पठाएको नामावलीका अनुसार प्रहरीलाई खोजतलास गरेर पत्ता लगाउन जिम्मा दिइएको जिल्ला प्रशासनका सूचना अधिकृत आनन्द शर्माले जानकारी दिएका छन् ।
नवलपुर संवाददाता शोभा जिसीका अनुसार उनीहरु गत चैत्र ६ गते दुबईको सारजहा एअरपोर्टवाट एअर अरेबिया एअरलाइन्सको जी ९५३७ बिमानवाट काठमाडौ आएका थिए । त्यो बिमानमा १ सय ६९ जना यात्रु रहेकोमा ८ जना नवलपरासीका थिए ।
यसैबीच धनगढीका कोराना सक्रमितसंग संगै विमानमा आएका अर्घाखाँचीका चार जनाको प्रहरीले खोजी गरेको छ ।
जिल्लाको भुमिकास्थान नगरपालिका नुवाकोट र असुरकोटका २ जना पुरूष, छत्रदेव गाउँपालिकाका ठुलापोखरा र केरूङ्गाका २ जना पुरूषमध्ये दुई पालिकाका २ जना फेला परेको र २ जनाको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।
अर्घाखाँची संवाददाता गणेश खनालका अनुसार उनीहरु कोरोना संक्रमितसंग संगै जहाजमा आएको पुष्टि भएको छ ।

 
 
  
 

You may also like