कैलालीमा अनिश्चितकालीनका लागि कर्फ्यु आदेश

कैलाली। कैलालीमा सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना नआएसम्मका लागि कर्फ्यु जारी गर्ने निर्णय गरेको हो । अहिले विभिन्न ठाउँमा माइकिङ्ग भइरहेको छ । त्यसैगरी बिहानैदेखि कैलालीमा बजार बन्द छन् ।

निषेधाज्ञा अवधिमा भिडभाड नगर्न समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो । कैलालीमा गाडी चल्न पनि दिइएको छैन ।

कैलालीमा नाकाबाट सर्वसाधारण भित्रन सक्ने भएकाले कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

कैलालीमा अनिश्चितकालीनका लागि कर्फ्यु आदेश

कैलालीमा अनिश्चितकालीनका लागि कर्फ्यु आदेश

 
 
  
 

You may also like