बजारमा लुट : सरकार रमिते, उपभोक्ता निरीह

by समतल अनलाइन

बजारमा लुट : सरकार रमिते, उपभोक्ता निरीह

काठमाडौं । बढ्दो महँगीका कारण लेटाङ–९ मोरङकी पायल श्रेष्ठलाई राजधानीको बसाइ कष्टकर बन्न थालेको छ । उनका पति किरण श्रेष्ठ त्रिपुरेश्वरस्थित चुन कारखानामा काम गर्छन् ।

पतिको मासिक २५ हजार रुपैयाँले घरभाडा, खाना, छोराछोरीको पढाइ खर्च र औषधिउपचार गर्न हम्मे परेको उनी बताउँछिन् । श्रेष्ठको चारजनाको परिवार अनामनगरमा डेरा लिएर बसेको छ ।
परिवारको सामान्य गर्जो टार्न ३० हजार खर्च हुँदै आएको पायल बताउँछिन् । उनी भन्छिन्, ‘छोराको शिक्षा र पतिको जागिरका कारण राजधानी बसेका छौं । महँगीले गाउँ फर्कनुपर्ने अवस्था आयो ।’

झापाकी निर्मला दाहाल दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन बढिरहेको बताउँछिन् । उनी भन्छिन्, ‘चामल, दाल, तरकारी, घरभाडा बढेको बढ्यै छ । एकजनाको आम्दानीले राजधानीमा बाँच्न असहज भयो ।’ उनका अनुसार यातायात, औषधिउपचार, लुगाफाटो र मनोरञ्जनबाहेक घरखर्च धान्न मासिक न्यूनतम ३५ हजार खर्च हुन्छ ।

पायल र निर्मलाले अनुभव गरेजस्तै बजार निकै अराजक बनेको छ । कार्टे्लिङ, सिन्डिकेट, कालोबजारी र माफियाका कारण मूल्यवृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् ।

पछिल्लो २५ दिनमा चामल, खाने तेल, पिठो, आँटा, दाल, लसुन, अण्डा, मासुको मूल्य न्यूनतम दुई रुपैयाँदेखि चार सय ७० रुपैयाँसम्म बढेको छ । फलामे रडमा प्रतिकिलो ८ आठ रुपैयाँ र सिमेन्ट प्रतिबोरा ५० रुपैयाँसम्म मूल्य बढेको छ ।

सरकारले कुन तहमा कति नाफा लिने विषयमा संरचना निर्धारण नगरेका कारण व्यवसायी र उद्योगीले आफूखुसी मूल्यवृद्धि गरेका हुन् । मूल्यवृद्धि नियन्त्रणमा सरकार रमिते बन्दा उपभोक्ता निरीह बन्नु परेको छ । अन्नपूर्ण पोस्ट दैनिकबाट

 
 
  
 

You may also like