सिन्धुपाल्चोक प्रहरी चौकीमा मध्यराति आक्रमण, चौकी प्रमुखसहित दुई घाइते

by समतल अनलाइन

चार राउण्ड ‘फायर’
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा शनिबार मध्यराति अज्ञात व्यक्तिको समूहबाट अन्धाधुन्द आक्रमण गरिएको छ ।

अज्ञात समूहको आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते भएका छन् । झा प्रहरी चौकीका प्रमुख समेत हुन् ।

झण्डै एक दर्जन मोटरसाइकलमा आएको समूहले मध्यराति १ः३० बजे एक्कासी प्रहरी चौकीमा ढुङ्गामुढा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिएका छन् ।

प्रहरी चौकीमा अन्धाधुन्द आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि चार राउण्ड हवाइ फायर गरेको एसपी महर्जनले बताएका छन् । एसपी महर्जन पनि रातारात आफै घटनास्थलमा खटिएका छन् ।

आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । यस्तै दुई मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । प्रहरी चौकीमा किन, कसले आक्रमण ग¥यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 
 
  
 

You may also like