कन्चन। रुपन्देही जिल्लाकै ठुलो र प्राकृतिक गैडा तालको नाम सायदै कमैले सुनेका छन । बिहानीको समय सूर्यको उषा किरणले ताललाइ सुमसुमाउदाको मनोरम दृश्य निकै रोमाञ्चक देखिने सो गैडातालको नाम प्रायले सुन्न र हेर्न आउन त स्थानिय सरकार देखि प्रदेश अनि संघले ध्यान दिनु पर्छ।
सरकारले हालै मात्रै एक सय नयाँ पर्यटकीय गन्तव्यको छनोट गरेर सार्वजनिक गर्दा पनि सो गन्तव्य सूचीमा गैडा ताल पर्न सकेन । यसैगरि पर्यटन पर्बद्धन कार्यालयले पनि यसलाई महत्त्व दिन सकेन । शक्ति र सत्ता त्यसमाथि स्थानिय जसले आफुहरुलाइ सो ठाउको बुज्रुक ठान्छन तिनैहरुको तँ तँ र म म ले गर्दा पनि गैडाताल सदैब ओझेलमा पर्दै आइरहेको कुरा स्थानिय इनायतुल्हा खानको आरोप छ।तर पनि लुम्बिनी आएका बाह्य तथा आन्तरिक पर्यटकहरु लुम्बिनीको गेट र होटलका भित्ताहरुमा गैडातालबारे तस्बिर सहित टासिएको देखेपछि गैडाताल आउने गरेका छन।
त्यसरी आउने पर्यटकहरुलाइ कम्तिमा एक दिन एक रात बाँस बसालेर त्यहाको भौगोलिक अवस्था,तालमा पाइने जलचर र जटायु रेष्टुरेण्टबारे अध्यन गराउन सके स्थानियहरुको आमदानीको श्रोत बढाउन सकिन्छ।गैडहवाको बिकास तथा पर्यटन पर्बद्धन गर्न गैडातालको उचित ब्यबस्थापन संगै पर्यटकहरुलाइ बोटिङ र फिसिङको ब्यबस्था गरेर आर्थिक बृद्धिले धेरै टेवा दिनसक्थ्यो र तराइको जल पर्यटनमार्फत पर्यटकको बसाइ लम्ब्याउन सके त्यस क्षेत्रकै मुख्य गन्तव्य बन्न सक्छ।ब्यबस्थित होम स्टे,आबाँस सहितको होटल तथा रेष्टुरेन्टको निर्माण गर्न सके पर्यटकहरुको आगमनलाइ वृद्धि गर्न सकिन्छ।गैडहवामा होटल तथा रेष्टुरेण्ट भन्दा पारिवारिक वाताबरणको आभास दिलाउने होम स्टे बनाउन सके पर्यटकहरुलाइ आकर्षण गर्न सकिन्छ।प्राय आगन्तुकहरु गैडातालको किनार हेरेर फर्किन्छन।गैडातालको सुन्दरताले आइरहन मन पराउने धेरै भएपनि यहाँ आएर यहाको परिचय गराउने र घुमाउने पथ पर्दशक नहुदा त्यतिकै फर्किएर जानु पर्ने बाध्यता रहेको नवलपरासीवाट शैक्षिक भ्रमणमा आएका रश्मि अधिकारीको गुनासो छ।
भैरहवा सदरमुकाम देखि २६ किलो मिटरको दुरीमा रहेको गौतम बुद्ध जन्मस्थल लुम्बिनीदेखि १० किलोमिटर उत्तरस्थित गैडाताल प्रदेश ५ कै प्रमुख गन्तव्य बन्न सक्ने समभावना बोकेको छ। प्रदेश सरकारले आ।ब।२०७५र७६मा रूपन्देहीको गजेडी ताल र कपिलवस्तुको जगदशीपुर ताललाई योजनामा पारी बजेट छुट्टयायो तर गैडाताललाइ अबमुल्यन गरेको सहजै भान हुन्छ।
शुरुमा सानो पोखरी जस्तो थियो त्यो पोखरीमा लुम्बिनी सम्मकाले आफ्ना बस्तुभाउलाइ पानी खुवाउन ल्याउथे ।स्थानिय भाषामा खाल्डो जस्तो पोखरीलाइ गड्डा भनिन्छ।उक्त गड्डा पछि फैलिदै गएर ठुलो तालको रुपमा बिकसित भएपछि गड्डातालवा भन्दै गर्दा पछि गडहवा भनिन थालियो र त्यही गडहवा नै भाषिक अपभ्रम्स हुँदै अहिले गैडहवा भनिएको स्थानिय दिल बहादुर अर्यालको भनाइ छ।कतिपयले त घना जंगलको बिचमा ठुलो गडहवामा बाह्रै महिना पानी रहने र सो पानी खान ठुला जंगली जनावरहरु हात्ती,गैडा मृग हरिण लगायत जनावरहरु आउथे र कतिपय जंगली जनावरहरु दिनभर सो पोखरीमा आहाल खेलेर दिन बिताउने गर्थे भनाइ रहेकोछ।सो तालमा गैडाले सधै पानी खान आउने र दिनभर पोखरीमा पौडी खेल्ने भएकोले सो पोखरीलाइ गैडाताल भनिएको भए पनि सो भनाइको सम्भावना नजिक छ तर स्थानिय भाषामा पोखरीलाइ गड्डा९गडहवा हुँदै गैडहवा र पछि गैडाताल हुन गएको तथ्य बढी बिस्वस्निय हुन सक्ने स्थानिय अगुवा इश्वरी अधिकारीको रहेकोछ।
गैडातालको अझ सुन्दरता त सांझ पख अस्ताउन लागेको सूर्यको किरण तालमा ठोकिएर फर्कंदाको मनोरम दृश्यले साच्चै भन्ने हो भने रारा तालको झझल्को मेटाइदिने अवलोकनकर्ता बताउँछन् । गैडातालको अर्को मुख्य बिशेषता भनेको आकाशमा लामा लागेर उड्ने साइबेरियाली चराहरूको ताँती र तालको पानीमा देखिने छायाले जोकसैको मन नरसाइ छाड्ने कुरा यहाँ घुम्न आउने पर्यटकहरुले बताउने गरेकाछन। सारस र बकुल्ला तथा सालको हरियालीले तालको सौन्दर्यतामा वृद्धि गरेको सहजै अनुमान गर्न सकिन्छ।
संघिय सरकारले बजेट ब्यबस्थापन गरेन तर गैडहवा गाउपालिकाले सो तालको संरक्षण र थप ब्यबस्थापनको लागि भनेर यस बर्ष २० लाख बजेट छुट्टाइएको छ। ७८ दशमलव ७ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त ताल पर्याप्त बजेट अभावकै कारण उपयोगी बनाउन नसकिएको गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले जनाएका छन।
अध्यक्ष केवटवले भने, ‘सन् २०१९ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजले उडान भर्न थालेपछि दैनिक लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई गैडहवा तालमा जल पर्यटनमार्फत सेवा दिन सकिन्छ । तर हाम्रो बजेटले त्यो सबै व्यवस्थापन गर्न सक्दैन । त्यसका लागि संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्छ ।’
तराइ उसो त गर्मी ठाउ हो ।‘लुम्बिनी क्षेत्रको भ्रमण गर्दागर्दै गर्मीले आत्तिएका पर्यटकहरूलाई यहाँ ल्याएर बोटिङ मार्फत तालको परिक्रमा गराइ सितलताको अनुभुति गराउने, यस आसपास स्तरीय रेस्टुरेन्ट सञ्चालन गर्ने, सहिद पार्कमा घुमाउने, तालमा फिसिङको व्यवस्था गर्ने र गुरुयोजनाअनुसार भौतिक संरचना बनाएर पर्यटकलाई पर्याप्त सुविधा दिने र विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य छ’, उनले भने । संघिय संरचना पुर्व बिष्णुपुरा गाबिस वार्ड नं।१ मा रहेको सो गैडहवा ताल नया संघिय संरचनाले गैडहवा तालको नामबाट साबिक सूर्यपुरा,बिष्णुपुरा,सांडी र जोगडा मिलाएर एउटा गाउपालिका बनाइएकोछ।अबको मानिस भनेको शहरको कोलाहलमा होइन ग्रामिण क्षेत्र जहाँ शान्त र शितल वातावरण छ त्यहा गएर आफ्नो जिबनलाइ आनन्दित बनाउन चाहन्छ।त्यस्तो वातावरण भनेको गैडहवाले दिन सक्छ यस्तो पर्यटकिय क्षेत्रहरुमा प्रदेश सरकारले गौरवको योजनामा राखेर प्रदेश सरकार र संघीय सरकारले सहयोग गरेमा देशकै नमुना जल पर्यटनको मुख्य गन्तव्य बनाउने लक्ष्य स्थानीय सरकारको छ । गाउँपालिकाले उक्त तालमा तत्काल २ वटा डुंगा सञ्चालन गर्ने तयारी गरेको छ । ताल संरक्षण, संवद्र्धन र प्रचारका लागि यसै वर्ष गैडहवा महोत्सव गर्ने योजना रहेको अध्यक्ष केवटले जानकारी दिए ।
गाउँपालिकाले बुद्धजन्मस्थल आउने पर्यटकलाई गैडहवा ताल हेर्ने गरी वातावरण सिर्जना गर्नेगरी काम अगाडि बढाउने बताएको छ साथै गैडहवाको थप आकर्षक बनाउन बिश्वमै नभएको गौतम बुद्धको श्रीमति यसोधराको मुर्ति स्थापना गरि यशोधराको समेत प्रचार प्रसार गरि पर्यटकको आगमनलाइ वृद्धि गर्ने योजना समेत रहेको गैडहवा गाउपालिकाले जनाएकोछ।सो यशोधराको मुर्ति बनाउन गत बर्ष गैडहवाकै आयोजनामा महायज्ञ गरेको थियो। जिल्लाकै सबैभन्दा ठूलो ताल गैडहवा प्रदेशकै नमुना पर्यटकीय स्थल बनाउने लक्ष्यअनुसार काम अगाडि बढाउनुपर्ने गैडहवा गाउँपालिका वार्ड नं।१ का वडा अध्यक्ष प्रदिप कुमार चौधरीले बताएका छन।
रामसार क्षेत्रमा सुचिकृत सो ताललाई गाउपालिकाले ५ बर्षका लागि ८३ लाखमा ठेक्का दिएकोछ।हरेक बर्ष ठेकेदारले माछा मार्न तालको पानी सुकाउनाले पनि तालको गरिमा घटिरहेको छ।यदि सो तालमा बाह्रैमास पानी रहन दिने हो भने तालको सुन्दरता बढ्ने कुरा स्थानियले बताउने गरेका छन।माछा पालनको लागि ठेक्का दिएपनि पानी नसुकाउने र पानीको सतहलाइ कायम राख्ने शर्तमा ठेक्का दिनु राम्रो हुन्छ।
स्थानियबासीको आशा गुरुयोजना प्रति
१० वर्षमा काम सक्ने गरी एक अर्ब १७ करोड २९ लाख २२ हजार रकममा गैडहवा ताललाई प्रदेशकै नमुना ताल बनाउने गुरुयोजना तयार पारेको तालतलैयाविज्ञ जुद्धबहादुर गुरुङ र शैलेन्द्र पोखरेल नेतृत्वको टोली प्रमुख जुद्ध बहादुर गुरुङले बताएका छन। तर गुरुयोजना अनुसार कसले के गर्ने भनेर अझै सम्म टुंगो लागेको छैन । गुरुयोजना योजना कर्ताको झोलामा अलपत्र परेकोछ।
उक्त ताल क्षेत्रमा व्यवस्थित पार्किङ, स्वागतद्वार, फुटपाथ, मोनोरेल, २ वटा पुल, एउटा झोलुंगे पुल, एउटा स्विमिङ पुल, ताल व्यवस्थापन समितिको कार्यालय र कफ्रेन्स हल जस्ता भौतिक संरचना बनाइने गुरुयोजनामा उल्लेख छ । स्थानिय तथा आगन्तुकहरुको आसा गुरुयोजना अनुरुप काम हुने र गैडहवाको आकर्षण बढ्नेमा छ।
गैडाताल सामुदायिक बन भित्र सो ताल समाबेस गरिएको र ५९ दशमलवब २ हेक्टरमा घाँसे मैदान छ । ३ हजार ४ सय ५४ दशमलव ५ हेक्टर क्षेत्रफलमा स्थानीयले खेतीपाती गर्दै आएका छन् । तालको उत्तर पुर्बि भागमा ९८ दशमलव ५ हेक्टर क्षेत्रफलमा आवादी बस्ति संगै खेती गरिएकोछ। तर विभिन्न राजनैतिक दलका उमेद्वारहरुले पटक पटकका निर्बाचनहरुमा सबैलाइ लालपुर्जा दिने भनिएता पनि अहिले सम्म कसैलाइ लाल पुर्जा नदिइएको बरु उल्टै जिल्ला बन कार्यलयबाट बस्ति छोड्नुपर्ने आदेश आउने गरेको कुरा भुमि अधिकार मञ्चका अभियान्ता तुल बहादुर बिकले बताएका छन।
ओझेलमा जटायु रेष्टुरेण्ट
लोपोन्मुख र प्रकृतिका कुचिकारको रुपमा प्रशिद्ध गिद्धहरुको संरक्षणले उद्धेश्यले गिद्धहरुको लागि शुद्ध आहारको लागि भनेर नेपाल पंक्षी संरक्षण संघको सहयोगमा गैडाताल सामुदायिक बन भित्र स्थापना गरिएको एसियाकै दोश्रो जटायु रेष्टुरेण्ट आगन्तुकहरुका लागि आकर्षणको केन्द्र बनेकोछ।पंक्षीबारे अध्यन र अवलोकन गर्न अनुसन्धान कर्मी र बिधार्थीहरुका लागि जटायु रेष्टुरेण्ट उपयुर्क्त र चासोको बिषय बन्न सक्छ।यदि यहाँ ब्यबस्थित होम स्टे हुने हो भने दुई चार दिन बसेर गिद्धहरुको अध्यन गर्न सजिलो हुने कुरा त्रिभुवन विश्व बिधालय अन्तर्गत बिज्ञान संकाय जुलोजीका बिधार्थी ऋतुराज पौडेलको सुझाब छ।पौडेल भन्छन गैडहवामा गुद्धको अध्ययन गर्न भनि आयो प्राय गिद्ध देख्न पाइदैन बाँस बसेर भए पनि गिद्धको अवलोकन गरौ न त भन्यो उपयुक्त आबाँस छैन अनि फर्केर जानू पर्छ।
जटायु रेष्टुरेण्टमा गिद्धको अवलोकन गर्न आउने अबलोकनकर्ताहरुको लागि उत्साहित बनाउने र अध्ययन केन्द्रको रुपमा बिकास गर्न सकिए पनि गैडहवाको अर्को महत्व थपिने कुरामा निर्विबादै छ तर संचालक समितिले ब्यबस्थापकिय जिम्मेवारीलाइ प्रभावकारी बनाउनु पर्छ र स्थानिय सरकारले पनि दाताको भर नपरी दाताले स्थापना गरिदिएको गहनालाई निश्चित गुरुयोजना बनाइ बजेट ब्यबस्थापन गरि प्रयटकिय क्षेत्रको पहिचान गरिनु पर्ने गैडाताल जटायु रेष्टुरेण्ट संचालक समितिका पुर्ब संयोजक बाबुराम मल्लले बताएका छन।
बिश्वमा पाइने २३ प्रजातिका गिद्धहरु मध्ये ९ प्रजातिका गिद्धहरु दक्षिण एशियामा पाइने र दक्षिण एशियामा पाइने ९ प्रजातिका गिद्धहरु नै यस गैडहवामा पनि पाइने कुरा नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले बताएका छन।सामुदायिक बन भित्र रहेका साल तथा सिमलका हागाहरुमा सयौ गिद्धहरु सजिलै देख्न सकिने सुरक्षित अवलोकनको लागि गिद्धहरुले आहार खाने नजिकै भिउ टावरको समेत ब्यबस्था गरिएको संचालक समितिका संयोजक डम्मर क्षेत्रीले बताएका छन।यहाँ दैनिक ३०० देखि ५०० सम्म गिद्धहरुलाइ एक साथ देख्न सकिन्छ।
गैडहवा तालको प्रचार प्रसार र पर्यटन पर्बद्र्धनका लागि महोत्सव हुदै
रुपन्देही जिल्लाकै ठूलो तर ओझेलमा पर्दै आएको गैडहवा तालको प्रचार प्रसार र पर्यटन पर्बद्र्धनका लागि गैडहवामा पहिलो पटक यहि फागुुुन १ देखि पर्यटन महोत्सव हुदैछ ।महोत्सवले गैडहवा तालको पर्यटन पर्बद्धनमा सहयोग पुग्ने स्थानियको बिश्वास छ भने महोत्सवलाई नै बिशेष प्रातथमिकता दिएर महोत्सव अवलोकन गर्न आउने दर्शकहरुका लागि तालमा बाह्य तथा आन्तरिक प्रयटकलाई आर्काषण गराई गैडहवा तालको प्रचार प्रसार गर्ने उद्धेश्यका साथ गैडहवा गाउपालिकाले २० लाख खर्च गरेर ४ वटा डुंगा खरीद गरिसकेको छ भने उक्त डुंगाको शुरुवात महोत्सवको बेला गर्ने गैडहवा गाउपालिकाको योजना छ । महोत्सव अवधीभर दर्शकहरुले डुंगा शयर गरेर गैडहवातालको आर्कषणलाई थप टेवा दिने बिश्वास गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले गरेका छन।गैडहवामा यही फागुन १ गते देखि पहिलो महोत्सव संचालन हुदैछ ।महोतसवले ओझेलमा परेको गैडहवा तालको प्रचार र महत्वले साथ दिने छ ।