राजधानीमा मेट्रो रेल निर्माणका लागि डीपीआर सम्झौता

by समतल अनलाइन

काठमाडौं । राजधानीको महाराजगञ्ज (नारायणगोपाल चोक) देखि ललितपुरको सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न रेल विभाग र परामर्शदाता कम्पनीबीच सम्झौता भएको छ ।

रेल विभाग र चीनको चाइना रेलवे सियुआन कम्पनी लिमिटेड तथा नेपालकै सीईएमएटी कन्सल्ट्यान्ट (जेभी)बीच प्रस्तावित महाराजगञ्जदेखि सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सम्झौता भएको जानकारी रेल विभागका महानिर्देशक बलराम मिश्रले दिए ।

सम्झौताअनुसार परामर्शदाता कम्पनीले सम्झौता भएको एक वर्षभित्र ‘डीपीआर’को प्रतिवेदन रेल विभागलाई बुझाउने कार्यक्रम छ । तीव्र रूपमा बढ्दै गएको जनसंख्याको चाप सडक यातायाले मात्र धान्न नसक्ने अहिलेको अवस्थामा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित यो योजना अगाडि सारिएको हो । गोरखापत्र दैनिकबाट

 
 
  
 

You may also like