ट्याङकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईकै मृत्यु

by समतल अनलाइन

चितवन । गएराती पूर्वी चितवनमा राप्ती नगरपालिका ६ हर्दीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशा तर्फ आउँदै गरेको ट्याङकरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार उक्त ट्याङकरको ठक्करबाट गोरखाको भिमसेन थापा गाँउपालिका ४ का ३५ वर्षीय इन्द्रबहादुर तामाङ र सोही ठाँउका २५ वर्षीय सुगम तामाङको मृत्यु भएको हो ।

प्रदेश नम्बरको ३–०२–००५ प ४३४७ नम्बर रहेको उक्त मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख ४६६० नम्बरको ट्याङकरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

 
 
  
 

You may also like