लुम्बिनीमा ‘शोक्यो जापानीज विहार’

by समतल अनलाइन

बुटवल । जापानको शोक्यो मन्दिर लुम्बिनीमा निर्माण सम्पन्न भएको छ । मन्दिर(विहार)को शुक्रबार प्रतिनिधि सभा सदस्य भरत शाहले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य शाहले लुम्बिनीमा निर्माण गरिएको शोक्यो विहारले लुम्बिनीमा जापानीज पर्यटकहरुको आर्कषण थप बढ्नेमा आफु विश्वस्त भएको बताए । उनले नेपाल सरकारले सुरु गरेको नेपाल भ्रम्रण बर्ष २०२० र लुम्बिनी भ्रमण बर्ष २०७६ लाई समेत विहार निर्माणलले थप टेबा पुग्ने बताए ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य शाहले भने–‘लुम्बिनी आफैमा पवित्र तिर्थ स्थल हो, जापानमा रहेका नागरिकहरु लुम्बिनी आउँदा आफ्नो देशको मन्दिर पवित्र भुभिमा देख्न पाउँदा अझ बढि पर्यटक आउने आशा गर्न सकिन्छ ।’

लुम्बिनीको विकासका लागि आफुले जहिले पनि तयार रहेको भन्दै सांसाद शाहले लुम्बिनीको विकासका लागि कुनै पनि कमी कमजोरी आउन नदिने बताएका थिए । कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका सदस्य सचिव भिक्षु मैत्तयले लुम्बिनीमा आउने पर्यटकहरुको लागि जापानीज शोक्यो विहार आर्कष्ण हुने बताए ।
प्रदेश सभा सदस्य फकरउद्दीन खानले लुम्बिनीको विकासको लागि अझै थप काम गर्नुपर्ने आवश्यकतारहेको भन्दै यसा प्रदेश स्तरबाट थप सहयोगको लागि आफुले पहल गर्ने बताएका थिए । उनले लुम्बिनी क्षेत्रबाट नै चुनाव जितेर प्रदेश सभामा गएको भन्दै लुम्बिनीको विकासका लागि कुनै पनि कमी बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै भिक्षु कृष्ण मानले सबैको साथ सहयोगबाट विहार निर्माण सम्पन्न भएको बताए । उनले यसको लागि सबैलाई आभार व्याक्त गरे ।

शोक्यो धार्मिक संघ जापानका लागि नेपाल निर्देशक टंक साउद ले नयाँ निर्माण गरिको मन्दिर जापानी सस्कृती, कला झल्कीने गरी निर्माण गरिएको जानकारी दिए । लुम्बिनी विकास कोष संगको सहकार्यमा शोक्यो धार्मिक संघ जापानले मन्दिर निर्माण गरेको हो । महायन विहार पश्चिम क्षेत्रमा विहार निर्माण गरिएको छ ।

६२ रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा विहार जापानी शैलीमा छ भने यसो अलवा गेष्ठ हाउस, ध्यान केन्द्र लगायतका संरचना अझै निर्माण गर्न बाँकी रहेको साउदले जानकारी दिए ।
विहार भित्र विशाल बुद्ध मुर्ती स्थापना गरिएको छ ।

विहारभित्र पुजा तथा प्रथनाका कक्ष, भिक्षु कक्ष, भिक्षु आवास लगायता संरचना रहेका छन् । विहारको संस्थापक एवम निर्माण कर्ता जापानीज नागरिक भिक्षु शोजन उमेहारा हुन ।

 
 
  
 

You may also like