एजेन्सी ।मस्तिष्कको कार्यमा बाधा पुर्याउने खतरापूर्ण प्रोटिनका थुप्रोलाई वैज्ञानिकहरूले मात्र प्रकाश र ध्वनि प्रयोग गरेर हटाउन सफल भएका छन्।
म्यासाच्युसेट्स इन्टिच्युट अफ टेक्लोलोजीले यसै वर्ष गरेको एक अनुसन्धानमा झिलीमिली प्रकाश र सानो आवाज प्रयोग गरी रोगले ग्रस्त भएको मस्तिष्कको भागमा तरङ्ग पैदा गरेको हो। यसमार्फत् वैज्ञानिकहरूले प्रोटिनको थुप्रो हटाउन र ज्ञानको क्षमता विकास गर्न सफल भएका छन्।
मुसामाथि गरिएको यो अनुसन्धान सेल नामक जर्नलमा प्रकाशित छ। अल्जाइमर लागेकोजस्तो असर देखाउने गरी उक्त मुसाको मस्तिष्कलाई प्रयोग गरिएको हो।
यस प्रविधिलाई मानिसमा प्रयोग भने अहिलेसम्म गरिएको छैन। चाँडै नै यो मानिसमा प्रयोग गर्न सकिने भने होइन, किनकि मानिस र मुसामा मस्तिष्कको तरङ्गले फरक किसिमले काम गर्छ। तर यदि यो सफल भएमा अल्जाइमर र डिमेन्सियाजस्ता रोगको औषधिबिना र सस्तो उपचार हुन सक्छ।
पुरानो अनुसन्धानले मुसामा भएको अल्जाइमरको उपचार गर्न आँखामा एक सेकेण्डमा ४० पटक प्रकाश देखाइएको थियो। त्यसमा थप गर्दै वैज्ञानिकहरूले त्यही फ्रिक्वेन्सीको आवाज पनि यसमा थप गर्दा असर झन् राम्रो र चाँडो भएको पत्ता लगाएका छन्।
यस प्रविधिलाई मानिसमा प्रयोग भने अहिलेसम्म गरिएको छैन। चाँडै नै यो मानिसमा प्रयोग गर्न सकिने भने होइन, किनकि मानिस र मुसामा मस्तिष्कको तरङ्गले फरक किसिमले काम गर्छ। तर यदि यो सफल भएमा अल्जाइमर र डिमेन्सियाजस्ता रोगको औषधिबिना र सस्तो उपचार हुन सक्छ।
यस अनुसन्धानमा संलग्न म्यासाच्युसेट्स इन्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिक लि-हुवइ साइका अनुसार एक सातासम्म यसरी प्रकाश र ध्वनिको उपाय गर्दा प्रिफ्रन्टल कर्टेक्समा गतिविधि भएको र एमिलोइड घटेको देखिएको थियो।
यसअघिका अनुसन्धानले पनि अल्ट्रासाउण्डले रक्तनलीमार्फत् मस्तिष्कमा औषधि पठाउन सक्ने र फोहोर हटाउने माइक्रोग्लियालाई सक्रिय पार्न बढावा दिन सक्ने देखाएको थियो।
म्यासाच्युसेट्स इन्टिच्युट अफ टेक्लोलोजीका वैज्ञानिक साइको अनुसन्धानले मस्तिष्कको दृश्यसम्बन्धी भागलाई मात्र असर देखिएको छ, तर स्मृतिमा भने यसले असर गरेको देखिँदैन। यस अनुसन्धानले केही सीमित असर मात्र हेरे तापनि यसले अल्जाइमर निको पार्न तरङ्गले कसरी मस्तिष्कलाई सहयोग गर्छ भन्ने देखाएको छ।
हाम्रो मस्तिष्कले सञ्चारका लागि इलेक्ट्रो-म्याग्नेनिक तरङ्ग पैदा गर्दछ, जसलाई हामी ‘ब्रेन वेभ’ वा मस्तिष्कका तरङ्ग भन्छौँ।
त्यस्तै एउटा तरङ्ग गाम्मा फ्रिक्वेन्सी हो, जुन मस्तिष्कमा प्रत्येक सेकेण्ड ३० देखि ९० वटा तरङ्गको दरमा सञ्चालित हुन्छ। हामीले केही कुरा ध्यान दिएर हेर्दा वा केही कुरा स्मरण गर्न खोज्दा यो तरङ्ग झन् बढी हुन्छन्।
यी गाम्मा फ्रिक्वेन्सीका लागि प्रकाश एउटा मात्र तत्त्व हो, आवाजले पनि अन्य क्षेत्रमा काम गर्छ। ठूलो र तीखो आवाजभन्दा उनले मात्र ४० हर्जको आवाज मात्र प्रयोग गरे, जुन मानिसले सुन्न सक्छ।
अनुसन्धानमा प्रयोग गरिएका मुसालाई एक सातासम्म प्रत्येक दिन एक घन्टा यस्तै आवाजको तरङ्ग दिँदा मस्तिष्कको ध्वनि क्षेत्रमा एमिलोइड घटेको र माइक्रोग्लिया अणु र रक्तनली सक्रिय भएको देखिएको थियो।
यसमा थप फाइदा चाहिँ हिप्पोक्यामस क्षेत्रमा पनि सफाइ भएको थियो। हिप्पोक्यामस मस्तिष्कमा स्मृतिसँग सम्बन्धित खण्ड हो।
यो अनुसन्धानले मस्तिष्कको रसायनमा मात्र परिवर्तन देखाएन, यसरी उपचार गरिएको मुसाले ज्ञानपूर्ण कार्यमा पनि राम्रो परिणाम देखाए।
पुरानो अध्ययनबाट प्रकाशमार्फत् उपचार पनि थप्दा यसले झन् राम्रो र छिटो असर गरेको देखियो, मस्तिष्कको प्रिफ्रन्टल कर्टेक्सलगायत क्षेत्रबाट अधिक प्रोटिनको थुप्रो सफा गर्यो र शरीरको फोहोर सफा गर्न सहयोग गर्ने माइक्रोग्लिया पनि सक्रिया बनाएको थियो।
शरीरले कसरी फोहोर सफा गर्छ र कसरी मस्तिष्कले यी गतिविधिलाई संयोजन गर्छ भन्नेबारे यो नयाँ ज्ञानले धेरै न्युरो रोगहरूको उपचार गर्न सहयोग पुर्याउने देखिन्छ।
यस किसिमका अनुसन्धानलाई मानिसमा लागू गर्न केही समय अवश्य लाग्नेछ, किनकि अल्जाइमरयुक्त मानिस र मुसाको मस्तिष्कमा गामा तरङ्ग आउने तरिकामा फरक छ।