१९ लाख घुस रकमसहित सडक डिभिजन कार्यालय लाहानका निमित्त प्रमुख पक्राउ

by समतल अनलाइन

लहान । सिरहाको लहान नगरपालिका -७ स्थितमा रहेको सडक डिभिजन कार्यालय लहानका निमित्त प्रमुख सिभिल इञ्जिनियर विनोद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले तीन लाख घुस रकमसहित पक्राउ गरेकाे छ ।

उनलाई शुक्रबार साँझ ७:४५ बजे लहान सडक डिभिजन कार्यालय भित्रौमा रहेको क्वाटरबाट नै पक्राउ गरेको हो ।

यस्तै, इञ्जिनियर नवीन साह र ओभरसियर विरेन्द्र साहलाई १५ लाख ९६ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियार अनुसन्धान बर्दिबासले जनाएको छ । रुपनीदेखि राजविराज हुँदै कुनौलीसम्मको सडकमा निर्माण सम्पन्न गरेपछि बाँकी भुक्तानीका बेला ठेकेदारसँग घुस मागेका उनीहरुलाई पक्राउ गरिएको अख्तियार अनुसन्धान बर्दिबासले जनाएको छ ।

पक्राउ गरिएको तीनै जनालाई अख्तियारको टोलीले थप अनुसन्धानका लागि बर्दिबास लगेको छ ।

 
 
  
 

You may also like