कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट ६३ वर्षीया महिलाको मृत्यु

by समतल अनलाइन
35Shares

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–३ तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा वाणगंगा नगरपालिका–४ गजेहडा निवासी ६३ वर्षीया जलिया थारू रहेकी छन्।

प्रहरीका अनुसार वाणगंगा नगरपालिका–१ निवासी ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले तिनकुनेमा पैदल हिँडिरहेकी थारूलाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएकी थारूको उपचारका क्रममा मृत्यु भएको हो।

घटनापछि इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले मोटरसाइकल चालक घिमिरेलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You may also like