दशैंमा पनि खुल्नेछ द बम्बे लाउन्ज, खानामा १५ प्रतिशतसम्म छुट र आकर्षक अफर

by समतल अनलाइन
39Shares

बुटवल । दशैंको रमझममा परिवार, आफन्त र साथीभाइसँग बसेर स्वादिष्ट परिकारको आनन्द लिन चाहनेहरूका लागि बुटवलस्थित द बम्बे लाउन्जले विशेष छुट र आकर्षक अफरसहित सेवा दिने भएको छ। दशैं अवधिभर रेस्टुरेन्ट खुला राख्ने तयारी गरेको लाउन्जले ग्राहकलाई लक्षित गर्दै विभिन्न परिकार तथा पेय पदार्थमा छुट र निःशुल्क उपहारको व्यवस्था गरेको छ।

दशैंमा धेरै व्यवसाय बन्द रहने भए पनि ग्राहकलाई चाडपर्वको समयमा समेत सेवा उपलब्ध गराउने उद्देश्यले लाउन्ज सञ्चालनमा राख्न लागिएको जनाइएको छ। ‘गुड फुड, गुड मुड’ अर्थात् स्वादिलो खानासँगै रमाइलो वातावरणको अवधारणामा सञ्चालित लाउन्जले चाडपर्वको भेटघाटलाई थप विशेष बनाउने लक्ष्य राखेको छ।

लाउन्जले सार्वजनिक गरेको अफरअनुसार खानाका विभिन्न परिकारमा १० देखि १५ प्रतिशतसम्म छुट पाइनेछ। बियरका पारखीका लागि तीनवटा बियर खरिद गर्दा एउटा स्टार्टर निःशुल्क उपलब्ध गराइनेछ। त्यस्तै, हुक्कामा १० प्रतिशत छुट र दुईवटा मकटेल खरिद गर्दा थप एउटा मकटेल निःशुल्क दिने व्यवस्था गरिएको छ।

रेस्टुरेन्टमा खानपानका साथै कफी, पेय पदार्थ र साथीभाइसँग समय बिताउन सकिने सुविधा पनि उपलब्ध छ। बैठक, जमघट तथा आफन्तसँगको भेटघाटका लागि समेत उपयुक्त हुने गरी सञ्चालनमा रहेको लाउन्जले दशैंको अवसरमा ग्राहकलाई फरक अनुभव दिलाउने अपेक्षा गरेको छ।

चाडपर्वमा परिवार र साथीभाइसँग रमाइलो गर्ने परम्परालाई ध्यानमा राख्दै ल्याइएका यी अफर सीमित समयका लागि लागू हुनेछन्। दशैं अवधिमा सीमित मेनु उपलब्ध हुने भएकाले ग्राहकले विशेष परिकारको स्वादसँगै छुटको लाभ लिन सक्नेछन्।

दशैंको खुसी, भेटघाट र आत्मीयतालाई स्वादिष्ट परिकारसँग जोड्ने उद्देश्यसहित द बम्बे लाउन्जले यस वर्षको चाडपर्वमा पनि ग्राहकलाई स्वागत गर्ने तयारी गरेको छ।

You may also like

This will close in 0 seconds