19
काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मतदान सम्पन्न भएको छ । शुक्रबार बिहान करिब ८ बजेदेखि शुरु भएको मतदान राति करिब १० बजे सकिएको हो ।
केन्द्रीय निर्वाचन समितिले ७ बजेसम्मको समय तोकेपनि त्यसको तीन घण्टा पछि राति १० बजे मतदान सकिएको समितिले जानकारी दिएको छ । मतदान सकिएसँगै निर्वाचन समितिले सभापतिको मतगणना केहीबेरमा शुरु गर्ने बताएको छ ।

