कांग्रेस उपसभापतिमा विनोद चौधरीको दाबी

by समतल अनलाइन
50Shares

काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

चौधरीले कांग्रेसको उपसभापतिमा आफ्नो दाबी प्रस्तुत गर्दै उम्मेदवारी दिने तयारी गरेका हुन्। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट निर्वाचित भएका थिए।

व्यवसायिक पृष्ठभूमिका चौधरी यसअघि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवानिकट मानिन्थे। पछिल्लो समय भने विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वलाई स्वीकार गर्दै उनी सभापति गगन थापासँग नजिकिएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्वका विभिन्न पदमा आकांक्षीहरू बढिरहेका बेला चौधरीले उपसभापतिमा दाबी घोषणा गरेका हुन्। उनको उम्मेदवारीसँगै उपसभापति पदमा प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

You may also like