काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भू -भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत रहेको जानकारी दिएको छ ।
हाल देशको हिमाली र पहाडी भू-भागमा आंशिक देखि साधारणतया बादल लागेको छ । लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको थोरै स्थानमा बागमती र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साथै देशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।
त्यस्तै, राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागमा साथै कर्णाली प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश पहाडी भू-भागको थोरै स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।

