प्रधानमन्त्री बालेनले भने– धन्न खुलामञ्च राम्रो बनाइएछ, पार्टीले गाली गर्न पाए

by समतल अनलाइन
21Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले खुलामञ्चबारे धारणा राख्दै एक फेसबुक स्टाटस सेयर गरेका छन् । आइतबार साँझ उनले खुलामञ्चबारे एक टिप्पणी लेखेका हुन् ।जहाँ उनले भनेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।’

खुलामञ्चमा आजमात्रै कांग्रेसले आफ्नो १५ औं महाधिवेशनको उद्घाटन सत्र आयोजना गरेको थियो ।लामो समय बन्द भएको खुलामञ्चमा पछिल्लो समय राजनीतिक तथा अन्य सभाहरू गर्न रोक लगाइएको थियो ।

प्रधानमन्त्री शाह काठमाडौंको मेयर हुँदा खुलामञ्चलाई स्तरोन्नती गर्नका लागि भन्दै बन्द गरिएको थियो ।

You may also like