73
देवदह । रुपन्देहीको देवदह नगरपालिका–५ स्थित मितेरी गाउँमा गोली चल्दा एक युवक घाइते भएका छन्।
शनिबार साँझ करिब ५ बजेको समयमा देवदह–७ का दीपक खरेलले आफ्नै भतिज नाता पर्ने युवकमाथि गोली चलाएको प्रहरीले जनाएको छ।
गोली लागेर घाइते भएका युवकको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनामा संलग्न खरेललाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा लगेको छ।
गोली चलाउनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

