ज्ञानपुञ्जमा विद्यार्थीका लागि आधारभूत समाचार लेखन कार्यशाला

by समतल अनलाइन
46Shares

बुटवल । बुटवल उपमहानगरपालिका–११ नहरपुरस्थित ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थी लक्षित आधारभूत समाचार लेखन कार्यशाला सम्पन्न गरेको छ।

कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई समाचार लेखनसम्बन्धी व्यवहारिक ज्ञान तथा लेखन सीप प्रदान गर्ने उद्देश्यले सोमबार र मंगलबार दुईदिने कार्यशाला सञ्चालन गरिएको हो।

विद्यालयका प्राचार्य शंकर भण्डारीले विद्यार्थीमा व्यवहारिक तथा सिर्जनात्मक लेखन सीप विकास गर्न कार्यशाला आयोजना गरिएको बताए। विद्यालयले पाठ्यक्रममा आधारित शिक्षासँगै विद्यार्थीको सिर्जनशीलता विकासमा पनि जोड दिँदै आएको उनको भनाइ छ।

उनका अनुसार विद्यार्थीको सिर्जनशीलता अभिव्यक्त गर्ने उद्देश्यले विद्यालयमा भित्तेपत्रिका प्रकाशनसमेत सुरु गरिएको छ।

करिब दुई दशकदेखि बुटवलमा पत्रकारिता गर्दै आएका पत्रकार विनोद परियारले कार्यशालाको सहजीकरण गरेका थिए। उनले विद्यार्थीलाई समाचारका आधारभूत सैद्धान्तिक ज्ञानका साथै समाचार लेखनको व्यवहारिक अभ्यास गराएका थिए।

कार्यशालामा सहभागीमध्ये उत्कृष्ट विद्यार्थीलाई थप तालिम प्रदान गरिने विद्यालयका सहप्राचार्य भीम बस्नेतले बताए।

ज्ञानपुञ्जले पछिल्लो समय विद्यार्थीको सिकाइलाई फराकिलो बनाउने उद्देश्यले विभिन्न रचनात्मक कार्यक्रम तथा कार्यशाला सञ्चालन गर्दै आएको विद्यालयले जनाएको छ।

You may also like