नारायणी पुलमा अड्किएको राइनो क्रुज निकालियो

by समतल अनलाइन
53Shares

चितवन । नारायणी नदीको पुलको छेउमा अड्किएको राइनो क्रुज क्रेनको सहयोगमा निकालिएको छ । दुई वटा ठुला क्रेनको सहयोगमा क्रुजलाई निकालिएको हो । पुलमा कुनै क्षति नपुग्ने गरी क्रुज निकाल्न प्राविधिकहरुको टिम परिचालन गरिएको थियो ।

आइतबार नारायणी नदीमा आएको बाढीले पुल भन्दा केहि माथि रोकेर राखिएको राइनो क्रुज बगाएर नारायणी पुलको गैडाकोट पट्टिको पिलरमा अड्किएको थियो ।

नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा गत माघ १८ गतेदेखि राइनो क्रुज सञ्चालनमा आएको थियो । नवलपुर र आसपासका पर्यटकीय क्षेत्रलाई दिगो तथा सम्भावनायुक्त नयाँ गन्तव्यका रूपमा विकास गर्ने योजनासहित राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा करिब ५० करोड रुपैयाँको लगानीमा क्रुज र होटल रिभर क्राउन सञ्चालनमा ल्याएका थिए । साढे दुई तले क्रुज ९५ फिट लामो र २१ फिट चौडा रहेको छ । क्रुजमा एकपटकमा दुई सय जनासम्म यात्रु राख्न सक्ने क्षमता रहेको थियो ।

You may also like