37
बुटवल । रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका ११ टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ।
नदीमा आएको बाढीले दुई वटा पक्की र चार वटा कच्ची घर बगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी निशान्त श्रीवस्तवका अनुसार तिनाउ नदीमा आएको बाढीले टप मझुवा क्षेत्रका ६ घर बगाएको हो।
लगातारको वर्षाका कारण तिनाउ नदी र आसपासका खोलामा जलस्तर बढेपछि बुटवलको तटीय क्षेत्रमा जोखिम बढेको थियो। बाढीको जोखिममा रहेका तटीय क्षेत्रका करिब २०० घर परिवारलाई सुरक्षित स्थानमा सार्ने काम गरिएकाे छ ।

