वाणगंगा बाढीमा बेपत्ता १० वर्षीय बालक भारतमा मृत फेला

by समतल अनलाइन
33Shares

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीमा आएको बाढीमा बेपत्ता भएका १० वर्षीय बुद्ध लामा नेपाल–भारत सीमा क्षेत्रमा मृत अवस्थामा फेला परेका छन्।

वाणगंगा नगरपालिका–८ निवासी लामाको शव आइतबार दिउँसो नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर टाढा भारतीय क्षेत्रमा पर्ने बगुलहवा खोलामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शव फेला परेपछि भारतीय प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गर्न शोहरतगढ थानामा राखेको छ।

बाढीमा बेपत्ता भएका लामाको खोजीका क्रममा भारतीय क्षेत्रमा शव फेला परेको प्रहरीले जनाएको हो।

You may also like