८७ वर्षीया राणाले प्रधानमन्त्री राहत कोषमा दिइन् १ करोड ९ लाख, थप २५ लाखको खाद्यान्न सहयोग गर्ने

by समतल अनलाइन
65Shares

काठमाडौं । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ८७ वर्षीया राजी राणाले १ करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन्। व्यक्तिगततर्फबाट कोषमा प्राप्त सहयोगमध्ये यो ठूलो रकममध्येको एक हो।

व्यावसायिक पृष्ठभूमिकी राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।

सो अवसरमा राणाको कार्यालयमा कार्यरत कर्मचारीहरूले पनि आफ्नोतर्फबाट ८० हजार रुपैयाँ सहयोग अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेका थिए।

राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी तथा खाद्यान्न सहयोग गर्ने तयारीसमेत गरेकी छन्। अर्थ तथा गृह मन्त्रालयसँग समन्वय गरी आवश्यकता परेको स्थानमा उक्त सहयोग उपलब्ध गराउने प्रतिबद्धता राणाले जनाएको सहयोगी बस्नेतले जानकारी दिए।

You may also like