भोटेकोशी बाढीमा अलपत्र ११७ पर्यटकको उद्धार

by समतल अनलाइन
102Shares

काठमाडौं । भोटेकोशी बाढीका कारण अलपत्र परेका ११७ जना विदेशी पर्यटकको उद्धार गरिएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार उद्धार गरिएकामध्ये ८५ जना भारतीय, १६ जना चिनियाँ र ९ जना दक्षिण कोरियाली नागरिक छन्। यस्तै, २ जना अमेरिकी र २ जना इटालियन नागरिकको पनि उद्धार गरिएको बोर्डले जनाएको छ।

उद्धार गरिएका अन्य ३ जनाको भने पहिचान खुल्न सकेको छैन।

बाढीका कारण अझै ६ सयभन्दा बढी पर्यटक सम्पर्कविहीन रहेको जनाइएको छ। ट्रेकिङ तथा टुर कम्पनीहरूका अनुसार कैलाश मानसरोवर यात्रामा निस्किएका ठूलो संख्याका पर्यटक अझै सम्पर्कविहीन छन्।

सम्पर्कविहीन पर्यटकको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले प्रयास जारी राखेका छन्।

You may also like

This will close in 0 seconds