35
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ४८९ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार मध्यान्हसम्म विभिन्न जिल्लाबाट ४८९ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २९ र नवलपरासी पूर्वमा ११२ जनाको शव फेला परेको छ।
बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। खोज तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
उद्धार कार्यमा स्थानीयवासीले समेत सुरक्षाकर्मीलाई सहयोग गरिरहेका छन्। सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारलाई तीव्र बनाइएको सुरक्षा निकायले जनाएको छ।

