पत्रकार किशोर श्रेष्ठ पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, आज सुनुवाई हुदै

by समतल अनलाइन
35Shares

काठमाडौँ । जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

श्रेष्ठको हकमा उनकी श्रीमती सरस्वती श्रेष्ठले बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी हुन् । बिनाआधार पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण आदेश जारी गर्न रिटमा माग गरिएको छ ।

बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ । व्यक्तिगत गोपनीयता सम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरेको थियो । श्रेष्ठलाई थुनामा राख्न जिल्ला अदालत काठमाडौँले तीन दिनको म्याद थप गरेको छ ।

You may also like