43
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १०४ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनीमा ५ जना तथा कर्णाली र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १०४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १५ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा २५ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २० जना, बागमतीमा १० जना घाइते भएका छन् भने लुम्बिनीमा २३ जना, सुदूरपश्चिममा १० जना र कर्णालीमा १ जना घाइते भएका छन् ।

