रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

by समतल अनलाइन
43Shares

काठमाडौँ । ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा फरार रहेका तथा इन्टरपोलको रेड नोटिस जारी भएका एक प्रतिवादीलाई पक्राउ गरिएको छ ।

तनहुँको साविक भिरकोट–६, हाल ऋषिङ गाउँपालिका–४ बस्ने अम्मर सिंह नेपाली वारदातपछि फरार रहेका थिए । उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२४ जुन ६ मा रेड नोटिस जारी गरेको थियो ।

रेड नोटिस जारी भएपछि साउदी अरेबियाबाट एयर अरेबियाबाट साउन २० गते राति १०: ५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन हुने क्रममा उनलाई नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको हो ।

You may also like