पाल्पामा ग्यासको लप्काबाट गम्भीर घाइते ८ वर्षीया साजुदा वानुको उपचारकै क्रममा निधन

by समतल अनलाइन
78Shares

पाल्पा । तानसेन–४ निवासी ८ वर्षीया साजुदा वानुको उपचारका क्रममा काठमाडौंस्थित बर्न अस्पतालमा निधन भएको छ। उनको पारिवारिक स्रोतले उपचारकै क्रममा मृत्यु भएको जानकारी दिएको हो।

गत साउन ७ गते तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयमा दिवा खाजा खाने क्रममा ग्यासको लप्काबाट साजुदासहित चार जना बालिका पोलेका थिए। तीमध्ये साजुदाको अवस्था गम्भीर भएपछि तानसेनमा उपचार सम्भव नभएपछि सोही दिन हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो।

अन्य तीन जना बालिकाको अवस्था सामान्य रहेको थियो भने साजुदाले लामो समयदेखि बर्न अस्पतालमा उपचार गराइरहेकी थिइन्। तर उपचारकै क्रममा उनको निधन भएको हो।

घटनापछि तानसेन नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी लगायतका निकायले विद्यालय पुगेर घटनास्थलको अनुगमन तथा घटनाबारे छानबिन गरेका थिए।

You may also like