पहिरोले मुग्लिन-नारायणगढ सडकखण्ड दुइतर्फी अवरुद्ध

by समतल अनलाइन
38Shares

चितवन। मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्दा सडक दुवैतर्फबाट अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार आज बिहान करिब ७:०५ बजे खसेको पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।

पहिरो हटाउन सडक डिभिजनको उपकरण तथा प्राविधिक टोली घटनास्थलमा परिचालन भइसकेको छ। डिभिजनले पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको जनाएको छ।

सडक पुनः पूर्ण रूपमा सञ्चालनमा आउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ।

You may also like