इन्धन उपभोक्तालाई फेरि भार, पेट्रोल–डिजेलको मूल्य बढ्यो

by समतल अनलाइन
40Shares

काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले आइतबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ। डिजेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाइएको छ।

इन्डियन आयल कर्पोरेसनबाट नेपाललाई पछिल्लोपटक पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ ५४ पैसाले बढाइएको छ। डिजेलको मूल्य ६ रुपैयाँ ५३ पैसाले बढेर आएको निगमले जनाएको छ।

You may also like