कुवेत आक्रमणमा नेपालीको मृत्युप्रति नेपाल सरकारद्वारा कडा निन्दा

by समतल अनलाइन
43Shares

काठमाडौँ । नेपाल सरकारले उत्तरी कुवेतमा भएको आक्रमणमा एक निर्दोष नेपाली नागरिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सर्वसाधारण नागरिकलाई लक्षित गरी गरिएको यस्तो अन्धाधुन्ध आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको हो ।

मन्त्रालयले सम्बन्धित सबै पक्षलाई संवाद र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न, उच्चतम संयमता अपनाउन तथा अन्तर्राष्ट्रिय कानुनअनुसार सर्वसाधारण नागरिक र नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।

साथै, मन्त्रालयले सबै परिस्थितिमा जेनेभा महासन्धि तथा अन्तर्राष्ट्रिय मानवीय कानुनका प्रचलित व्यवस्थाको पूर्ण सम्मान र कडाइका साथ पालना गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ ।

मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, मृतकको शव यथाशीघ्र स्वदेश फिर्ता गराउने व्यवस्था सहित आवश्यक सबै सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको जनाएको छ ।

You may also like

This will close in 0 seconds