59
कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । महाराजगञ्ज नगरपालिका–२, गैडहवा चोकमा बुधबार बिहान तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको मदिरा बोकेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेका पैदल र साइकलयात्रीलाई ठक्कर दिएको जिल्ला हो ।
दुर्घटनामा स्थानीय १२ वर्षीय आनन्द कश्यप, महाराजगञ्ज नगरपालिका–३ निवासी ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय विजयकुमार गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको डीएसपी तथ सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


