57
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको एक हजारले घटेर २ लाख ८३ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८४ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर तोलाको ४३२० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४३१० मा कारोबार भएको थियो ।


