कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

by समतल अनलाइन
79Shares

कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका गैडवा चोकमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।

ना ५ ख २३६४ नम्बरको ट्कको ठक्करबाट सडक किनारमा साइकल बनाउँदै गरेका २ सर्वसाधारण र एक बालकको मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा महाराजगंज नगरपालिका ३ गनवरियनका ७० वर्षीय र्घोल्लर कुर्मी र ४५ वर्षीय विजय कुमार गुप्ता रहेका छन्। यसैगरी सोही ट्रकको ठक्करबाट महाराजगंज नगरपालिकाका स्थानीय १२ वर्षीय बालक आनन्द कश्यपको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक ३ जनाको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको र ट्रक चालक प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

You may also like

This will close in 0 seconds