सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

by समतल अनलाइन
64Shares

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

अघिल्लो शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य ६० रुपैयाँले बढेर ४ हजार ४१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आइतबार एक औँस सुन चार हजार ५२ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

You may also like