167
बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ तिनकुने क्षेत्रमा गएराति भएको स्कुटर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार मृत्यु हुनेमा बुटवल–९ एकतापथ निवासी २१ वर्षीय रिवाज श्रेष्ठ रहेका छन् ।
होराइजन चोकबाट तिनकुनेतर्फ जाँदै गरेको लु ७८ प ७४१७ नम्बरको स्कुटर सोमबार राति करिब १२ः१५ बजे अनियन्त्रित भई हाईमास्ट लाइटको पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई तत्काल उपचारका लागि अस्पताल पु¥याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

