विवेक मण्डलको उपचारका क्रममा निधन : एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु

by समतल अनलाइन
59Shares

काठमाडौँ।शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५ वर्षीय विवेक मण्डलको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको छ । मण्डलको निधनसँगै एक साताभित्र आत्मदाहबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृतक मण्डलका श्रीमती र दुई छोराछोरी छन् ।

यसअघि काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउत र त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको मृत्यु भइसकेको छ ।

असार २७ गते आफ्नो शरीरमा आगो लगाएका राउतको वीर अस्पतालमा उपचारका क्रममा शनिबार साँझ निधन भएको हो । यस्तै, आत्मदाहको प्रयासबाटै गम्भीर घाइते भएका नेपालीको असार २६ गते मृत्यु भएको थियो । उनको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

You may also like