काठमाडौं । काठमाडौं जिल्ला अदालतले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, शम्सेर मियाँ, आङटावा शेर्पा, डा। इन्द्रजीत राई, नरेन्द्र केसी, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेलसहित अधिकांश अभियुक्तलाई दोषी ठहर गरेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा खेपिरहेका अभियुक्तमध्ये ७ जनालाई भने सफाइ दिएको हो।
अदालतबाट सफाइ पाउनेमा टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी, आशिष बुढाथोकी, लक्ष्मी महर्जन, केशव तुलाधर र प्रतीक थापा रहेका छन्।
अन्य केही अभियुक्तबारे फैसला वा कसुरको विवरण सार्वजनिक सूचीमा उल्लेख गरिएको छैन। दोषी ठहर भएका व्यक्तिहरूको सजाय निर्धारण भने अदालतको आगामी आदेशमार्फत हुनेछ

