सुन तोलाको ५६ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

by समतल अनलाइन
66Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ५६ सयले बढेर तोलाको २ लाख ९० हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८५ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७५ रुपैयाँले बढेर ५०४० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८६५ मा कारोबार भएको थियो ।

You may also like