47
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसदहरुसँग अन्तरक्रिया गर्ने भएका छन् ।
प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेले आज कोशी प्रदेश र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्ने भएका छन् ।
रास्वपाको सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा हुने छलफल कोशी प्रदेशका सांसदहरुसँग विहान ११ बजेदेखि १ बजेसम्म र मधेस प्रदेशका सांसदहरुसँग दिनको १:३० बजेदेखि ३:३० बजेसम्म हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।








