बुटवल।सामाजिक क्षेत्रमा सक्रिय संस्था ‘पहिलो पाइला नेपाल बुटवल’को छैटौँ अधिवेशनबाट गौरव खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा रुद्र खनाल, द्वितीय उपाध्यक्षमा नरेश न्यौपाने, सचिवमा सन्तोष सुनार, सहसचिवमा रक्षा न्यौपाने, कोषाध्यक्षमा विकास पौडेल तथा सहकोषाध्यक्षमा प्रकाश जिसी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा युवराज डुम्रे, सुनिता पन्थी, सुरज भुसाल, तुल्सिराम खनाल, अञ्जन खनाल, संविधान पौडेल, युवराज ज्ञवाली र मनिषा यादव चयन भएका छन् ।
अधिवेशनको उद्घाटन वरिष्ठ पत्रकार टिकाराम यात्रीले गरेका थिए । कार्यक्रममा बोल्दै उनले पहिलो पाइला नेपालले समाजमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे । सामाजिक सेवामा निरन्तर सक्रिय रहन आग्रह गर्दै उनले दीर्घकालीन सोच, स्पष्ट योजना र जिम्मेवार कार्यशैलीसहित अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।



