92
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा समायोजन गरिउको बताएको हो ।
यही १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति लिएर यात्रुवाहक तथा मालवाहक सवारी साधनमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको विभागको सूचनामा उल्लेख छ । डिजेलको मूल्यवृद्धिका कारण भाडादर समायोजन गरिएको विभागले जनाएको छ ।
बढेको भाडा विद्युतीय सवारीमा भने लागू हुने छैन । यसअघि चैत २५ गते भाडा बढाइएको थियो ।




