संसद छलेर अध्यादेश, ओलीकै बाटोमा बालेन : हर्क साम्पाङ

by समतल अनलाइन
85Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले सरकारले संसद अधिवेशन नबोलाइ अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष दुई अध्यादेश प्रमाणिकरणका लागि पठाएको छ ।

सोही विषयमा हर्कले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को विरोध जनाए । साथै उनले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनको तुलना समेत गरे ।

‘बालेन पनि केपी ओली कै बाटोमा ! संसद छलेर अध्यादेश,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

त्यसो त ओली प्रधानमन्त्री भएका बेला संसद अधिवेशन छलेर अध्यादेश ल्याइएको भन्दै आलोचना हुने गरेको थियो ।

You may also like

This will close in 0 seconds