77
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १ हजार ३ सय रुपैयाँ पुगेको छ । सोमबार भने सुन तोलामा २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार चाँदी तोलामा ३० रुपैयाँले घटेर ५ हजार १ सय ६० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी तोलामा ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।




