बुटवलमा दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

by समतल अनलाइन
77Shares

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।वैशाख ११ गतेदेखि हुने दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को तयारी पूरा भएको शनिबार बुटवलमा पत्रकार सम्मेलन गरि आयोजक लखन ब्रदर्श युथ क्लबका अध्यक्ष सुदिप खत्रीले बताए ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा बुटवलको रामनगरस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि एक महिनादेखी मैदान मर्मत तथा स्थाई स्टेज तयार भएको उनले बताए । यसअघि पहिलो संस्करण सिद्धेश्वर मैदानमा आयोजना गर्दा समेत पूर्वाधारमा खर्च भएको भन्दै उनले यो संस्करणमा समेत करीब २ लाख रुपैया भन्दा बढी मैदानमा खर्च हुने उनले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद ३ लाख १ हजार १११ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उप विजेताले नगद १ लाख ५१ हजार १११ राशीसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार १११ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर तथा उत्कृष्ट मिड फिल्डरलाई जनही १० हजार १११ रुपैयाँ नगद राशी पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिता सम्पन्न गर्न १९ लाख बढी खर्च अनुमान गरिएको क्लबका सचिव निरन्जन पन्तले जानकारी दिए ।

प्रतियोगितामा रुपन्देहीसहित नवलपरासी, पाल्पाका १२ टिमले सहभागिता रहेको क्लबका संरक्षक तथा प्रतियोगिताका संयोजक राम बहादुर थापाले जानकारी दिए

आयोजकसहित सम्पूर्ण युवा क्लब सुपौली, देवदह ब्वाइज युवा क्लब, फर्साटिकर युवाक्लब, चाँदनी युवाक्लब दानापुर, योङ ब्वाइज खैरेनी, शिवनगर परिवार, तिलोत्तमा-११, न्यू युथ युनियन क्लब पाल्पा, सयपत्री युवा क्लब रामनगर, तारादल गण आर्मी, सुनवल एफसी सहभागी हुने भएका छन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष यज्ञ पंगेनीले खेलकुद र सामाजिक क्षेत्रमा क्लबबाट भएको कामको प्रशंसा गर्दै नगरकै उत्कृष्ट क्लबका रुपमा रहेको दाबी गरे ।

You may also like

This will close in 0 seconds