गुल्मीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ११ घाइते

by समतल अनलाइन
73Shares

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका–४ वीरबासस्थित मिसुकामा आज लु १ च ४९०६ नम्बरको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगा सारुका अनुसार दुर्घटनामा परी सोही स्थानका ३५ वर्षीय कृष्ण ढेंगा र ४० वर्षीया मीना सनामीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ११ जनामध्ये तीन वर्षीया चाया ढेंगाबाहेक अन्य सबैलाई थप उपचारका लागि पाल्पा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

You may also like