पश्चिमान्चल यातायात व्यवसायी समितिमा याम बहादुर जिसी निर्वाचित

by समतल अनलाइन
92Shares

बुटवल।पश्चिमान्चल यातायात व्यवसायी समितिको २५औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशनबाट याम बहादुर जि.सी. को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

शनिबार सम्पन्न निर्वाचनमा जि.सी.ले २७४ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी पंकज राईले २२६ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार प्रताप बहादुर कार्कीले १६८ मत ल्याएका छन् । समितिको वरिष्ठ उपाध्यक्ष पदमा गणेश धिमिरे ४४९ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी कर्ण कार्कीले २२६ मत प्राप्त गरेका छन् । यसैगरि उपाध्यक्ष (खुला) तर्फ डिल्लीराम रिजाल ४१७ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी रन बहादुर कंडेल (रमेश) ले २५४ मत प्राप्त गरेका छन् । समितिको उपाध्यक्षमा बसन्ती आले, राजकुमार लामा, कृष्ण बहादुर कण्डेल, पर्शुराम भण्डारी भने यसअघि नै निर्विर।ेध भएका थिए ।

शनिबार भएको निर्वाचनबाट उपाध्यक्ष (काठमाडौ) पदमा युवराज पाठक ४१० मत, उपाध्यक्ष (गुल्मी÷पाल्पा÷स्याङ्जा) मा निरज केसी. ३८० मत, महासचिव पदमा बसन्त खड्काले ४२३ मत प्राप्त गर्दै विजयी भएका छन । यसैगरि सचिव पदमा भूमिराम गैरे (गोपाल) ४०१ मतसहित विजयी भएका छन् ।

कोषाध्यक्ष पदमा काशीनाथ पोखरेल ३७८ मतसहित विजयी भएका छन् ।

संस्थाको् सदस्य पदमा किशोर पंगेनी (४३२ मत), खिम प्रसाद भुसाल (३९० मत),खेमलाल पौडेल (३७० मत), प्रदीप पन्थी (४४८ मत), प्रेम वि.क. (३२६ मत), विकास शर्मा आचार्य (३२० मत), बेल बहादुर खड्का (३७५ मत), भोजराज भुसाल (३४० मत) तथा सुरज गुप्ता (३१३ मत) सहित विजयी भएका छन ।

You may also like